२१ मंसिर २०८२, आईतवार
,
Latest
घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’



अ+ अ-

काठमाडौं । हास्य कलाकार जितु नेपालले होस्ट गर्दै आएका टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने घोषणा गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत जितुले शो बन्द गर्ने घोषणा गरेका हुन् । उनले खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको कार्यक्रम निर्माणका लागि बन्द गर्नुपरेको बताएका छन् ।

मुन्द्रेको कमेडी क्लब तेस्रो सिजनसम्म आइपुग्दा १८४ एपिसोड प्रसारण भएको छ । चाँडै दुई फिचर फिल्ममा आफू व्यस्त हुने र त्यसपछि नयाँ टेलिभिजन कार्यक्रम ल्याउने सोचमा रहेको उनले बताए ।

मुन्द्रेको कमेडी क्लबको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, राधिका कँडेल, दिनेश काफ्ले, एलिना बाँस्कोटालगायत छन् ।