१४ श्रावण २०८३, बिहीबार
,
Latest
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’



अ+ अ-

काठमाडौं । हास्य कलाकार जितु नेपालले होस्ट गर्दै आएका टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने घोषणा गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत जितुले शो बन्द गर्ने घोषणा गरेका हुन् । उनले खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको कार्यक्रम निर्माणका लागि बन्द गर्नुपरेको बताएका छन् ।

मुन्द्रेको कमेडी क्लब तेस्रो सिजनसम्म आइपुग्दा १८४ एपिसोड प्रसारण भएको छ । चाँडै दुई फिचर फिल्ममा आफू व्यस्त हुने र त्यसपछि नयाँ टेलिभिजन कार्यक्रम ल्याउने सोचमा रहेको उनले बताए ।

मुन्द्रेको कमेडी क्लबको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, राधिका कँडेल, दिनेश काफ्ले, एलिना बाँस्कोटालगायत छन् ।