२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भारी वर्षाका कारण ३६ जनाको मृत्यु, ४१ घाइते



अ+ अ-

इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएको जनाएको छ ।

मृत्यु हुनेमा २१ जना बालबालिका, नौ जना पुरुष र छ जना महिला रहेको आइतबार राति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बर्षाको कारण सबैभन्दा बढी प्रभावित उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा २७ जनाको मृत्यु भएको थियो । यसैगरी, दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान अधिनस्थ कास्मिरमा चार जनाको मृत्यु भएको थियो ।

भारी बर्षाले ४६९ घरहरूमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ भने अनुमानित ६१ गाईवस्तुहरू मरेको प्रतिवेदनले जनाएको छ ।