१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित



अ+ अ-

एजेन्सी । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उम्मेदवार शाहबाज शरीफ पाकिस्तानको राष्ट्रिय सभा वा संसदको तल्लो सदनबाट आईतवार भएको मतदानमा पाकिस्तानको २४ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिकले आईतवारको मतदानमा तल्लो सदनको कुल २९३ मतमध्ये २०१ मत प्राप्त गरी पीएमएल–एनका अध्यक्ष शरीफले चुनाव जितेको घोषणा गर्नुभयो ।

शरीफका एकमात्र प्रतिद्वन्द्वी सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) र पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफका संयुक्त उम्मेदवार उमर अयुब खानले ९२ मत प्राप्त गरेका थिए । ३३६ सदस्यीय राष्ट्रिय सभाको निर्वाचनका लागि कुल १६९ मत आवश्यक थियो । शरीफले पीएमएल–एन, पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अन्य सहयोगीहरूबाट भोट पाएका थिए ।

यसअघि २०२४ फेब्रुअरी ८ मा भएको मुलुकको आमनिर्वाचनपछि नयाँ सदन बनेपछि शुक्रवार राष्ट्रिय सभाका सदस्यहरूले सदिकलाई सभामुख र सैयद गुलाम मुस्तफा शाहलाई उपसभामुखमा निर्वाचित गरेका थिए ।