१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इशान किशन–श्रेयस अय्यरलाई अर्को झट्का, दुवै टी–२० विश्वकपबाट बाहिरिने सम्भावना



अ+ अ-

एजेन्सी । ईशान किशन र श्रेयस अय्यरलाई बीसीसीआईको वार्षिक केन्द्रीय सम्झौताबाट बाहिर राखिएको छ । यससँगै बोर्डले यी दुई खेलाडीलाई कडा चेतावनी पनि दिएको छ ।

बीसीसीआईले आफ्नो प्रेस विज्ञप्तिमा दुवैको नाम वार्षिक सम्झौताका लागि विचार नगरिएको स्पष्ट लेखेको छ । बोर्ड र सचिव जय शाहको सल्लाहका बाबजुद दुवै खेलाडी रणजी ट्रफीबाट बाहिरिएका थिए । झारखण्डका लागि खेल्नुको सट्टा इशानले बडोदामा आफ्नै तालिम लिए ।

त्यही क्रममा श्रेयसले चोटको कारण देखाउँदै मुम्बईका लागि खेल नखेल्ने निर्णय गरे । इंग्ल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा फ्लप भएपछि उनी टोलीबाट बाहिरिएका थिए । मिडिया रिपोर्टका अनुसार अब यी दुई विरुद्ध अर्को ठूलो निर्णय हुनसक्छ ।

रणजी ट्रफीमा दुवैको अनुपस्थितिले उनीहरुलाई ठूलो असर पारेको छ । इशान र श्रेयस अहिले टी–२० विश्वकपबाट बाहिरिने खतरामा छन् । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार जुनमा हुने आईसीसी इभेन्टमा यी दुईको नाममा विचार गरिने छैन । प्रतिवेदनमा यो पनि भनिएको छ कि अब उनीहरु दुवैले सम्झौताबाट बाहिरिएपछि भविष्यमा टिम इन्डियाबाट खेल्नेमा शंका लागेको छ ।

इशान र श्रेयसले केन्द्रीय सम्झौतामा समावेश गर्नुपर्ने न्यूनतम संख्या खेले पनि केन्द्रीय सम्झौतामा समावेश गर्न नमिल्ने प्रतिवेदनमा उल्लेख छ । दुबैले म्याच फी मात्र पाउनेछन् ।

यो पनि पढ्नुुस्ः केन्द्रीय सम्झौताबाट किन बाहिरिए इशान–श्रेयस ?

यस्तो छ भारतीय क्रिकेटरको वर्गिकरण, कुन खेलाडीले कति तलब थाप्छन् ?