९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

यस्तो छ भारतीय क्रिकेटरको वर्गिकरण, कुन खेलाडीले कति तलब थाप्छन् ?

यस्तो छ भारतीय क्रिकेटरको वर्गिकरण, कुन खेलाडीले कति तलब थाप्छन् ?
अ अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ । श्रेयस अय्यर र इशान किशनको नाम सिजन २०२३–२४ को लागि जारी गरिएको यो सूचीमा छैन । दुवै खेलाडीले घरेलु क्रिकेटमा भाग लिएका छैनन् । जसका कारण बोर्ड आक्रोशित बनेको हो ।

बीसीसीआईले आफ्नो विज्ञप्तिमा अय्यर र इशानलाई वार्षिक सम्झौता नदिएको बताएको छ । उत्तर प्रदेशका बायाँ हाते ब्याट्सम्यान रिंकु सिंहले ग्रेड सी मा स्थान पाएका छन् ।

ए प्लस ग्रेडमा कप्तान रोहित शर्मा बाहेक विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा छन् ।

बीसीसीआईले यो वर्ष ३० खेलाडीलाई अनुबन्ध दिएको छ । यो अक्टोबर १, २०२३ देखि सेप्टेम्बर ३०, २०२४ सम्मको हो । बोर्डले यसपटक नयाँ परम्परा जारी गरेको छ । उसले फास्ट बलिङका लागि छुट्टै सम्झौता पनि गरेको छ । यो सूचीमा आकाश दीप, विजयकुमार वैश्यक, उमरान मलिक, यश दयाल र विद्वथ कावेरप्पा समावेश छन् ।

ग्रेड ए प्लसः रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा ।

ग्रेड एः रविचन्द्रन अश्विन, मोहम्मद शामी, मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्ड्या ।

ग्रेड बीः सूर्यकुमार यादव, ऋषभ पन्त, कुलदीप यादव, अक्षर पटेल र यशस्वी जैसवाल ।

ग्रेड सीः रिंकु सिंह, तिलक वर्मा, रुतुराज गायकवाड, शार्दुल ठाकुर, शिवम दुबे, रवि बिश्नोई, जितेश शर्मा, वाशिंगटन सुन्दर, मुकेश कुमार, सञ्जु सामसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्णा, आवेश खान र रजत पाटीदार ।

खेलाडीले कति पैसा पाउँछन् ?
ग्रेड ए प्लसमा परेका खेलाडीले वार्षिक ७ करोड रुपैयाँ पाउँछन् । ए ग्रेडले ५ करोड र बी ग्रेडले ३ करोड रुपैयाँ पाउँछन् । सबैभन्दा कम सी ग्रेडमा परेका खेलाडीलाई १ करोड रुपैयाँ दिइन्छ ।

थप रूपमा, यस अवधिभित्र न्यूनतम तीन टेस्ट वा आठ एकदिवसीय वा १० टी–२० खेल्ने मापदण्ड पूरा गर्ने खेलाडीहरू स्वतः समानुपातिक आधारमा ग्रेड सी मा समावेश हुनेछन् । उदाहरणका लागि – ध्रुव जुरेल र सरफराज खानले अहिलेसम्म दुईवटा टेस्ट म्याच खेलेका छन्, यदि उनीहरूले इङ्ल्यान्डविरुद्ध जारी सिरिजको पाँचौं टेस्टमा भाग लिए भने उनीहरूलाई ग्रेड सी मा समावेश गरिनेछ ।

बीसीसीआईले सबै खेलाडीहरूले राष्ट्रिय टोलीको प्रतिनिधित्व नगरेको अवधिमा घरेलु क्रिकेटमा भाग लिन प्राथमिकता दिन सिफारिस गरेको छ ।

राहुल, शुभमन गिल र सिराज ए ग्रेडमा बढुवा भएका छन् । जहाँ सडक दुर्घटनाका कारण एक वर्षभन्दा बढी खेल्न नसकेका ऋषभ पन्तले ‘बी’ श्रेणीमा स्थान पाएका छन् । अक्षर पटेल गत सिजन ए ग्रेडमा थिए । यसपटक उनलाई बी ग्रेडमा राखिएको छ । हार्दिक, अश्विन र सिराजलाई ग्रेड ए मा राखिएको छ । रोहित, कोहली, बुमराह र जडेजा यसअघि पनि ग्रेड ए प्लसमा थिए ।

अजिंक्य रहाणे, चेतेश्वर पुजारा, उमेश यादव, शिखर धवन, दीपक हुडा र युजवेन्द्र चहल पनि यो सूचीमा पर्न सकेनन् । कुलदीप यादव सी बाट बी ग्रेडमा बढुवा भएका छन् । यशस्वी जैसवाल पहिलो पटक सम्झौता पाएर सीधै बी ग्रेडमा सामेल भएका छन् । सूर्यकुमार बी ग्रेडका एकमात्र खेलाडी हुन् जो अघिल्लो पटक पनि सोही ग्रेडमा परेका थिए ।