८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ भारतीय क्रिकेटरको वर्गिकरण, कुन खेलाडीले कति तलब थाप्छन् ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ । श्रेयस अय्यर र इशान किशनको नाम सिजन २०२३–२४ को लागि जारी गरिएको यो सूचीमा छैन । दुवै खेलाडीले घरेलु क्रिकेटमा भाग लिएका छैनन् । जसका कारण बोर्ड आक्रोशित बनेको हो ।

बीसीसीआईले आफ्नो विज्ञप्तिमा अय्यर र इशानलाई वार्षिक सम्झौता नदिएको बताएको छ । उत्तर प्रदेशका बायाँ हाते ब्याट्सम्यान रिंकु सिंहले ग्रेड सी मा स्थान पाएका छन् ।

ए प्लस ग्रेडमा कप्तान रोहित शर्मा बाहेक विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा छन् ।

बीसीसीआईले यो वर्ष ३० खेलाडीलाई अनुबन्ध दिएको छ । यो अक्टोबर १, २०२३ देखि सेप्टेम्बर ३०, २०२४ सम्मको हो । बोर्डले यसपटक नयाँ परम्परा जारी गरेको छ । उसले फास्ट बलिङका लागि छुट्टै सम्झौता पनि गरेको छ । यो सूचीमा आकाश दीप, विजयकुमार वैश्यक, उमरान मलिक, यश दयाल र विद्वथ कावेरप्पा समावेश छन् ।

ग्रेड ए प्लसः रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा ।

ग्रेड एः रविचन्द्रन अश्विन, मोहम्मद शामी, मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्ड्या ।

ग्रेड बीः सूर्यकुमार यादव, ऋषभ पन्त, कुलदीप यादव, अक्षर पटेल र यशस्वी जैसवाल ।

ग्रेड सीः रिंकु सिंह, तिलक वर्मा, रुतुराज गायकवाड, शार्दुल ठाकुर, शिवम दुबे, रवि बिश्नोई, जितेश शर्मा, वाशिंगटन सुन्दर, मुकेश कुमार, सञ्जु सामसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्णा, आवेश खान र रजत पाटीदार ।

खेलाडीले कति पैसा पाउँछन् ?
ग्रेड ए प्लसमा परेका खेलाडीले वार्षिक ७ करोड रुपैयाँ पाउँछन् । ए ग्रेडले ५ करोड र बी ग्रेडले ३ करोड रुपैयाँ पाउँछन् । सबैभन्दा कम सी ग्रेडमा परेका खेलाडीलाई १ करोड रुपैयाँ दिइन्छ ।

थप रूपमा, यस अवधिभित्र न्यूनतम तीन टेस्ट वा आठ एकदिवसीय वा १० टी–२० खेल्ने मापदण्ड पूरा गर्ने खेलाडीहरू स्वतः समानुपातिक आधारमा ग्रेड सी मा समावेश हुनेछन् । उदाहरणका लागि – ध्रुव जुरेल र सरफराज खानले अहिलेसम्म दुईवटा टेस्ट म्याच खेलेका छन्, यदि उनीहरूले इङ्ल्यान्डविरुद्ध जारी सिरिजको पाँचौं टेस्टमा भाग लिए भने उनीहरूलाई ग्रेड सी मा समावेश गरिनेछ ।

बीसीसीआईले सबै खेलाडीहरूले राष्ट्रिय टोलीको प्रतिनिधित्व नगरेको अवधिमा घरेलु क्रिकेटमा भाग लिन प्राथमिकता दिन सिफारिस गरेको छ ।

राहुल, शुभमन गिल र सिराज ए ग्रेडमा बढुवा भएका छन् । जहाँ सडक दुर्घटनाका कारण एक वर्षभन्दा बढी खेल्न नसकेका ऋषभ पन्तले ‘बी’ श्रेणीमा स्थान पाएका छन् । अक्षर पटेल गत सिजन ए ग्रेडमा थिए । यसपटक उनलाई बी ग्रेडमा राखिएको छ । हार्दिक, अश्विन र सिराजलाई ग्रेड ए मा राखिएको छ । रोहित, कोहली, बुमराह र जडेजा यसअघि पनि ग्रेड ए प्लसमा थिए ।

अजिंक्य रहाणे, चेतेश्वर पुजारा, उमेश यादव, शिखर धवन, दीपक हुडा र युजवेन्द्र चहल पनि यो सूचीमा पर्न सकेनन् । कुलदीप यादव सी बाट बी ग्रेडमा बढुवा भएका छन् । यशस्वी जैसवाल पहिलो पटक सम्झौता पाएर सीधै बी ग्रेडमा सामेल भएका छन् । सूर्यकुमार बी ग्रेडका एकमात्र खेलाडी हुन् जो अघिल्लो पटक पनि सोही ग्रेडमा परेका थिए ।