२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन: एमाले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरु नभएको बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्र लाग्ने बताउनु भयो । उहाँले सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको बताउनु भयो । उहाँले देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत बोक्न नसकेको बताउनु भयो । उहाँले आजका अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्नसक्ने सिद्धान्त र प्राथमिकता नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘के सरकारले प्रश्तुत गरेका सिद्धान्त र प्राथमिकताको बारेमा सांसदहरुले सघन छलफल गर्न पाउलान् ? यो प्रश्न कायम नै छ । के सांसदहरुले राखेका विषयले स्थान पाउला ? के सिद्धान्त र प्राथमिकताको आधारमा नै बजेट बन्छ की बन्दैन ? यो परम्परागत भन्दा भिन्न छ होला ? गठबन्धनका मन्त्री, पहुँचवाला सांसद भन्दा माथि उठेर प्राथमिकता र सिद्धान्तअनुसार बजेट आउला ? यसको लागि के सरकारको नीति तथा कार्यक्रमले यि सबै विषयलाई समेट्न सक्ला ? के यसले आजका अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्नसक्छ ? के यसले लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधान गर्नसक्छ ? आज उहाँहरु सडकमा हुनुहुन्छ । यो सिद्धान्त र प्राथिमिकता पेस गर्दैगर्दा भोलि आउने बजेटले यि सबै कुरालाई समेट्न सक्छ की सक्दैन । यि सबै प्रश्नहरु प्रश्नकै घेराभित्र छन् । सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्र लाग्छ । नयाँ भिजनका साथ केही कार्यक्रम देखिँदैन । देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना देखिँदैन, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत यसले बोकेको देखिँदैन ।’

उहाँले सिद्धान्त र प्राथमिकतामा लघुवित्त र सहकारी पीडितहरुको समस्या तथा मिटरब्याजी पीडितका समस्याहरु समाधानका लागि कुनै पहल गर्न नभएको बताउनु भयो ।