२७ श्रावण २०८३, बुधबार
,
Latest
भोजपुरमा रु. ९ करोड ८८ लाखको कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ हुँदै भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो ‘गथांमुगः चःह्रे’ पर्व (फाेटाे फिचर) अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले कोलम्बिया भूकम्पः मृतकको सङ्ख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही



अ+ अ-

काठमाडौँ। अमेरिकी केन्द्रिय कमान्ड (सेन्टकम) ले इरानका बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी उल्लंघन गर्न खोजेको भन्दै पानामाको झण्डावाहक एक मालवाहक जहाजको स्टेयरिङ प्रणालीलाई निष्क्रिय पारिदिएको छ ।

सेन्टकमले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार, ‘एम–भी भेला नोभा’ नामक उक्त मालवाहक जहाज ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ जान खोजेपछि सो कारबाही गरिएको हो ।

अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरले जहाजको इन्जिन कक्षलाई लक्षित गरी दुईवटा मिसाइल प्रहार गरेको कमान्डले जनाएको छ ।

सामुन्द्रिक सुरक्षासम्बन्धी कम्पनी भ्यानगार्डले आफ्नो प्रारम्भिक प्रतिवेदनमा मिसाइल प्रहारका कारण जहाजमा आगलागी भएको र पछि उक्त आगोलाई नियन्त्रणमा लिइएको उल्लेख गरेको छ ।

सेन्टकमकाअनुसार अगस्ट ११ सम्मको तथ्यांक हेर्दा अमेरिकी सेनाले नाकाबन्दी तोड्न खोज्ने ५५ वटा व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ ।

त्यस्तै, आदेश पालना नगर्ने तीनवटा जहाजलाई निष्क्रिय बनाइएको र दुईवटा जहाजमा सैनिकहरू प्रवेश गरी खानतलासी गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल




भर्खरै