११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
ओक्फाइल फोटो
अ अ+ अ-

चितवन। डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ।

कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुनसक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो।

विगत दुई महिनादेखि भरतपुर महानगरपालिका–१५ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको झाडीमा चितुवा देखिएपछि नियन्त्रणको काम सुरु गरिएको हो। दिनको समयमा नदेखिने रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले जानकारी दिए। अहिले चितुवा नियन्त्रणका लागि दिउँसोमा थर्मल ड्रोन (वन्यजन्तुको तापक्रम पहिचान गर्न सक्ने), पाँच स्थानमा सिसीक्यामेरा जडान, तीन स्थानमा खोर ट्यापिङ, तीन स्थानमा खुट्टा ट्यापिङ (खुट्टा अल्झाउन) का लागि काम गरिएको उनले जानकारी दिए।

चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय चितवन र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली खटिएको उनले बताए। ती खोर ट्यापिङको काम चितुवालाई सहज हुनेगरी राखिएको छ। अहिले सो क्षेत्रमा एउटा माउ र एउटा बच्चा चितुवा रहेको उनले जानकारी दिए। उनका अनुसार एउटा बच्चा चितुवा भरतपुर–१५ बाट नियन्त्रणमा लिइसकिएको छ। सो बच्चालाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगरे राखिएको छ। चितुवाको पाइलाका आधारमा खोरहरू स्थानान्तरण गरेर राख्ने गरिएको छ।

सो कार्यमा लायेका डिभिजन वन कार्यालयका वन अधिकृत सुदीप हमालका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर परिसरको गाई अनुसन्धान कार्यक्रमको आवास क्षेत्रमा दुईपटक चितुवा देखिएको छ। सिसीक्यामेरामा एक साताअघि एउटा र आइतबार राति दुईवटा चितुवा देखापरेको उनले जानकारी दिए। सोपश्चात सो क्षेत्रमा थर्मल ड्रोनको प्रयोग गरिएको भए पनि चितुवा भेट्न सकिएको छैन। उनका अनुसार सो ठाउँमा खोर र खुट्टा ट्यापिङ पनि राखिएको छ। यस्तै वन क्याम्पस नजिक एउटा र भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा एउटा खोर राखिएको छ। विभिन्न ठाउँमा क्यामेरासमेत राखिएको उनले बताए। चितुवाको आवतजावत भएको क्षेत्रमा क्यामेरा राखिएको छ।

यस्तै भरतपुर–११ स्थित आँपटारीमा रहेको विद्युत् स्टेसन क्षेत्रमा बाघ देखिएको जनाउँदै कर्मचारीले गुनासो गरेपछि दुईवटा क्यामेरा जडान गरिएको छ। बाघले स्थानीयको बाख्रा खाएको जनाइएको छ। सो क्यामेरामार्फत अनुगमन भइरहेको अधिकृत हमालले जानकारी दिए।