११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग
अ अ+ अ-

काठमाडौँ।नेपाली काँग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

आईतवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी पार्टी केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो माग गरिएको बताउनुभएको हो ।

उहाँले सुनसरीसहित मधेसका केही जिल्लामा भएको घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्ने पार्टीको माग यथावत रहेको बताउनु भयो ।

उहाँकाअनुसार नेपाली काँग्रेसले गृह मन्त्रालयअन्तर्गत गठन गरिएको छानविन समिति तथा आयोगले सरकारका कमजोरी ढाकछोप गर्ने आशंका समेत व्यक्त गर्नुभयो ।

उहाँले विगत १२ दिनदेखि अनसनरत विनय यादवको माग सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकार सहमति र सम्झौता गर्न तत्पर हुने तर सम्झौता कार्यान्वयन नगर्ने कुराले नागरिकमा नैराश्यता बढाएको पनि टिप्पणी गर्नुभयो । सरकारप्रतिको अविश्वासले राज्य नागरिकहरूको अभिभावक हो भन्ने मान्यतालाई कुठाराघात गर्ने भन्दै यो विषयलाई संवेदनशील भएर बुझ्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हालै सुनसरीको देवानगन्जस्थित कप्तानगन्ज, सिराहा लगायतका क्षेत्रमा दुःखद् घटना पछि तनावपूर्ण परिस्थिति भयो । नेपाली कांग्रेसले यो विषयमा स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरोस्, जसले गर्दाखेरि सुरक्षाका क्षेत्रमा भएका कमीकमजोरीको पहिचान होस् र सुधार गर्नको लागि सजिलो होस् भन्ने हाम्रो माग रहिआएको छ । त्यो मागमा तालुकदार मन्त्रालयले आफ्नो कमजोरीको लागि आफैंले आयोग बनाउने कुराले समस्या समाधान दिने नभई ढाकछोप हुनसक्छ भन्ने हाम्रो अभिमत छ । यस घटनामा निष्पक्ष आयोग गठन गरेर  पीडितका मागसहित सम्झौतालाई तत्कालै कार्यान्वयन गर्न, सरकारले गरेका सहमति समेत तत्कल कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छौँ । विगत १२ दिनदेखि विनय यादवजी अनसनरत हुनुहुन्छ । उहाँको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ ।  यस विषयमा मानवअधिकार आयोगले पनि सरकारको ध्यानाकर्षण गराएको छ । सम्झौता गर्ने, सम्झौताको कार्यान्वयन गर्न चासो नदेखाउने सरकारको उदासीनताकाप्रति अनसन बस्नुपर्ने स्थिति आएको छ । यो विषयले पार्टीलाई चिन्तित बनाएको छ । यो विषयको सन्दर्भमा समेत सरकारलाई तत्काल समाधान गर्न ध्यानाकर्षण गराएका छौँ ।’

प्रवक्ता चालिसेले पार्टीको आन्तरिक विषयले बैठकमा अझै प्रवेश नपाएको बताउनु भयो । उहाँले केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेकोले भोलिसम्म बैठकले उचित निर्णय गरेर सार्वजनिक गर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल