२७ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ हुँदै भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो ‘गथांमुगः चःह्रे’ पर्व (फाेटाे फिचर) अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले कोलम्बिया भूकम्पः मृतकको सङ्ख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै कालीगण्डकीको कटानले जोखिममा पुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी



अ+ अ-

काठमाडौँ।  लिबियाको राष्ट्रिय तेल निगम (एनओसी) ले पश्चिमी लिबियास्थित जाविया तेल प्रशोधन केन्द्रको एक इन्धन ट्याङ्कीमा प्रत्यक्ष आक्रमण भएको जनाएको छ ।

उक्त आक्रमणका कारण ट्याङ्कीमा भीषण आगलागी हुनुका साथै संरचना पूर्ण रूपमा ध्वस्त भएको निगमले उल्लेख गरेको छ ।

एनओसीको सहायक कम्पनी ‘ब्रेगा पेट्रोलियम मार्केटिङ कम्पनी’ द्वारा सञ्चालित ‘४०२–टी’ नामक उक्त ट्याङ्कीमा करिब ४५ लाख लिटर पेट्रोल भण्डारण गरिएको थियो ।

आगलागी नियन्त्रण गर्न र अन्य प्लान्ट तथा भौतिक संरचनामा क्षति पुग्न नदिन प्रशोधन केन्द्र, मार्केटिङ कम्पनी र छिमेकी तेल कम्पनीका अग्निनियन्त्रक तथा सुरक्षा टोलीहरू परिचालन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निगमकाअनुसार जाविया सहरमा तेल पूर्वाधार र सुविधाहरूलाई लक्षित गरी भइरहेका श्रृङ्खलावद्ध आक्रमणहरूमध्ये यो पछिल्लो घटना हो ।

यसअघि स्थानीय सञ्चारमाध्यमहरूले इन्धन ट्याङ्कीभित्र विष्फोट भएको र आकाशमा आगोको ज्वाला तथा धुवाँको बाक्लो मुस्लो देखिएको रिपोर्ट सार्वजनिक गरेका थिए ।

प्रारम्भिक विवरणहरूले ट्याङ्कीमाथि आत्मघाती ड्रोनमार्फत आक्रमण गरिएको सङ्केत गरे पनि विष्फोटको यकिन कारण र मानवीय क्षतिको आधिकारिक पुष्टि हुन बाँकी छ ।

सरकारी स्वामित्वको जाविया आयल रिफाइनिङ कम्पनीले सञ्चालन गर्ने यो प्रशोधन केन्द्र लिबियाको प्रमुख तेल प्रशोधन सुविधाहरूमध्ये एक मानिन्छ ।  सिन्ह्वा/ न्युज एजेन्सी नेपाल