१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड बनाउन आवश्यक: दिलकुमारी रावल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिका साझा विषयमा संयुक्त बैठक बस्ने अभ्यास शुरु भएको भन्दै यसलाई आगमामी दिनमा अझै सशक्त बनाएर लैजानुपर्ने बताउनु भयो । उहाँले संसदभित्र विज्ञ समूहरुको रोष्टर व्यवस्था गर्न पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसदीय अनुगमनलाई प्रभावकारी बनाउन एउटा स्पष्ट मापदण्ड निर्माण होस् । समितिका साझा विषयमा हामीले संयुक्त बैठक बस्ने अभ्यास शुरु गरेका छाँै । संयुक्त बैठक, संयुक्त निर्देशन र संयुक्त स्थलगत जाने कुरा आउने दिनमा यसलाई अघि बढाउनुपर्छ । संसदभित्र विज्ञ समूहरुको रोष्टर व्यवस्था गरियोस् । सबै समितिका सकारात्मक कामहरुको लागि अनुभव आदानप्रदान गर्ने छलफलले निरन्तरता पाओस् । राष्ट्रिय सभाले केही नयाँ मानकहरु स्थापना गरेको छ । समयमा नै सभा सञ्चालन हुनेकुरा महत्वपूर्ण छ ।’

उहाँले राष्ट्रिय सभाले समयमा नै सभा सञ्चालन गरेर नयाँ मानक स्थापना गरेको बताउनु भयो ।