१९ भाद्र २०८३, शुक्रबार
,
Latest
जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी



अ+ अ-

काठमाडाैँ । रसुवाको भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। शाह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ।

सुरुङभित्र अझै अन्य व्यक्ति फसेको आशंका गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ।