२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड बनाउन आवश्यक: दिलकुमारी रावल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिका साझा विषयमा संयुक्त बैठक बस्ने अभ्यास शुरु भएको भन्दै यसलाई आगमामी दिनमा अझै सशक्त बनाएर लैजानुपर्ने बताउनु भयो । उहाँले संसदभित्र विज्ञ समूहरुको रोष्टर व्यवस्था गर्न पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसदीय अनुगमनलाई प्रभावकारी बनाउन एउटा स्पष्ट मापदण्ड निर्माण होस् । समितिका साझा विषयमा हामीले संयुक्त बैठक बस्ने अभ्यास शुरु गरेका छाँै । संयुक्त बैठक, संयुक्त निर्देशन र संयुक्त स्थलगत जाने कुरा आउने दिनमा यसलाई अघि बढाउनुपर्छ । संसदभित्र विज्ञ समूहरुको रोष्टर व्यवस्था गरियोस् । सबै समितिका सकारात्मक कामहरुको लागि अनुभव आदानप्रदान गर्ने छलफलले निरन्तरता पाओस् । राष्ट्रिय सभाले केही नयाँ मानकहरु स्थापना गरेको छ । समयमा नै सभा सञ्चालन हुनेकुरा महत्वपूर्ण छ ।’

उहाँले राष्ट्रिय सभाले समयमा नै सभा सञ्चालन गरेर नयाँ मानक स्थापना गरेको बताउनु भयो ।