९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग

तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग
अ अ+ अ-

गण्डकी। रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक नै शोकमा रहेका कारण नजिकै आएको तीज पर्वको खासै रौनक देखिएको छैन ।

तीजलाई लक्ष्य गरी आयोजित मेला–महोत्सव पनि स्थगित भइरहेका छन् । ती कार्यक्रममा हुने खर्च जोगाएर आयोजकले बाढी प्रभावितका लागि राहत सहयोग प्रदान गरिरहेका छन् ।

गाउँटोल र समूहमा हुने ससाना दरखाने कार्यक्रमलाई पनि रोकेर महिला विपद्मा सहयोगको हात फैलाइरहेका छन् । पोखरा, लामाचौरको नवआदर्श सामुदायिक विकास समाजले २८औँ संस्करणको लामाचौर तीज महोत्सव–२०८३ तथा लामाचौर कप खुला पुरुष र अन्तर माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिता स्थगित गरी प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ११ हजार १११ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बाढीको घटनाबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि तीज महोत्सवमा हुने खर्चबापतको रकम बाढी प्रभावितलाई राहतस्वरुप प्रदान गरिएको समाजले जनाएको छ ।

पोखरामा महिला पर्यटन व्यवसायीको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले तीज कार्यक्रम स्थगित गरी प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख २१ हजार १०० एक जम्मा गरेको मञ्चका अध्यक्ष ममता न्यौपानेले जानकारी दिनुभयो । महिला पर्यटन व्यवसायीले सामूहिक दरखाने कार्यक्रमका लागि छुट्याएको रकम बाढी प्रभावितको राहतमा खर्च गरेका हुन् । विनाशकारी बाढीले मुलुक नै आक्रान्त भएका बेला खर्चिला र मनोरञ्जनात्मक कार्यक्रम नगरी विपद्मा हातेमालो गर्ने सङ्घसंस्था उल्लेख्य छन् ।

प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरी उक्त कार्यक्रमका लागि सङ्कलित रु एक लाख बाढी प्रभावितको राहतमा खर्च गरेको छ । समूहको टोली बागलुङदेखि राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो ।

“देश नै शोकमा डुबेका बेला तीज कार्यक्रम गर्नु उचित नहुने देखेपछि स्थगित ग¥यौँ”, उहाँले भन्नुभयो, “कार्यक्रमका लागि सङ्कलन भएको रकमबाट बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेका हौँ ।”

गलकोट समाज, पोखराले तीजको दरखाने र सांस्कृतिक कार्यक्रम स्थगित गरेर त्यसमा हुने खर्चबापतको रु दुई लाख ७५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । गुठी युवा क्लब, बागलुङले पनि तीज मेला स्थगित गरी बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यसरी नै स्वतःस्र्फूत रुपमा राहत सहयोग जुट्नेक्रम जारी छ ।

सङ्कलित राहतलाई एकद्वार प्रणालीबाट बाढी प्रभावित परिवारलाई वितरणका लागि राज्यका निकायमार्फत सहजीकरण भइरहेको छ । सरकारी निकायसँगै जनस्तरबाट बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ । जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पेसाकर्मी, कलाकारलगायत एकल र सामूहिक रुपमा राहत सहयोग अभियानमा जोडिएका छन् ।   रासस