३ श्रावण २०८३, आईतवार
,
Latest
शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव झापाका किसानलाई रासायनिक मलको अभाव गुणस्तरीय पूर्वाधार र समयमै आयोजना सम्पन्न गर्ने कार्यमा इन्जिनियरको भुमिका निर्णायकः ऊर्जामन्त्री श्रेष्ठ बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’ जलमग्न माइतीघर क्षेत्र- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पराजुलीको प्रश्न: सर्वसाधारणले संरचना बनाउँदा प्रयोग गर्ने गुणस्तरहीन छडको जिम्मेवारी कसले लिन्छ ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुणस्तरहीन छडबाट सर्वसाधारण नागरिकहरुले बनाएका संरचनाहरुको सुनिश्चितताबारे ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्माण कार्यमा प्रयोग हुने गुणस्तरहीन छडहरुको कारण सर्वसाधारण नागरिकले बनाएका संरचनाहरु जोखिमयुक्त रहेको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले निर्माण प्रक्रियामा सरकारले बनाउने ठूला योजनाहरुमा गुणस्तर मापन हुने तर सर्वसाधारण नागरिकले बनाएका संरचनामा छडजन्य सामग्रीहरुको गुणस्तर मापन नहुने भएकाले सरकारले विशेष जोड दिएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा आवश्यक हुन्छ भन्नेबारेमा पनि छलफल हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्माण प्रक्रियामा जब ठूला ठूला प्रोजेक्टहरुले त गुणस्तर मापन गर्दछन् । तर सर्वसाधारण नागरिकहरुले बनाएका संरचनाहरुको ग्यारेन्टीको जिम्मेवारी कसले लिने ? यदी छडहरु गुणस्तरहीन छन् र बनेको संरचनाहरु साँच्चै जोखिमयुक्त छन् भने त्यसको जिम्मेवारी कसले लिने, यो पाटोबाट पनि ध्यानाकर्षण गराउँछु । यो पाटोबाट हेर्नुपर्छ । कतै न कतै सरकारले तत्कालीन समयमा जस्टिफाइ गर्दैगर्दा रोजगारी सिर्जना हुन्छ, खपतसँगै निर्यात पनि गर्न सकिन्छ भन्ने विषयमा कुरा आयो । सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्छ । नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा रोजगारी सिर्जना हुनसक्छ बढी भन्ने बारेमा सोच्नुपर्छ ।’

उहाँले नेपालमा रोजगारी बढी दिनसक्ने उद्योगहरुको सञ्चालन आवश्यक रहेको बताउनु भयो ।