३ श्रावण २०८३, आईतवार
,
Latest
शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव झापाका किसानलाई रासायनिक मलको अभाव गुणस्तरीय पूर्वाधार र समयमै आयोजना सम्पन्न गर्ने कार्यमा इन्जिनियरको भुमिका निर्णायकः ऊर्जामन्त्री श्रेष्ठ बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’ जलमग्न माइतीघर क्षेत्र- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सले नामिबियालाई दुई सय ४८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनायो । टियुमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो । यसअघि नेपालले सन् २०२१ मा नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय ईनिङ खेले। उनले ६२ बलमा १० छक्का र ११ चौकासहित एक सय ३५ रन बनाए । जारी शृङ्खलामा कुनै पनि ब्याट्सम्यानले यति धेरै रन बनाएको छैन ।

त्यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोड्दा तेजा निदामनुरुले १८ रन थपे ।

नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए ।