८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

गुणस्तरीय पूर्वाधार र समयमै आयोजना सम्पन्न गर्ने कार्यमा इन्जिनियरको भुमिका निर्णायकः ऊर्जामन्त्री श्रेष्ठ

गुणस्तरीय पूर्वाधार र समयमै आयोजना सम्पन्न गर्ने कार्यमा इन्जिनियरको भुमिका निर्णायकः ऊर्जामन्त्री श्रेष्ठ
अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको समृद्धिका लागि गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भुमिका र जिम्मेवारी महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आईतवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत, प्रशारण लाइन, सिंचाई र सूचना प्रविधिलगायतका क्षेत्रमा आधुनिक पूर्वाधार निर्माण गर्ने मुख्य जिम्मेवारी प्राविधिक जनशक्तिको काँधमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले गुणस्तरीय, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठकाअनुसार जलविद्युत उत्पादनको विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रशारण सञ्जालको सुदृढीकरण, सिंचाई प्रणालीको आधुनिकीकरण र डिजिटल पूर्वाधारको विकास सरकारको रणनीतिक सोचका प्रतिफल हुन् ।

उहाँले परियोजनाहरूको सफलतालाई अब बजेट खर्चको तथ्याङ्कले मात्र नभई समयमै सम्पन्न भएको, लागत अनुशासन कायम गरिएको र नागरिकले प्राप्त गरेको प्रत्यक्ष लाभका आधारमा मापन गरिने नयाँ नीति अघि सारिएको जानकारी दिनुभयो ।

ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको सुनाउँदै उहाँले क्षेत्रीय विद्युत व्यापार र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा दक्ष इन्जिनियरहरूको योगदान निर्णायक हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘सडक, पुल, जलविद्युत, प्रशारण लाइन, सिंचाई, खानेपानी, भवन, सूचना प्रविधिलगायत आधुनिक पूर्वाधारको विकाससँगै देशको समृद्धिको आधार निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा छ । हामी अहिले पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरिरहेका छौँ । सरकारले गुणस्तरीय, दिगो, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको विषय म यहाँ स्मरण गराउन चाहन्छु । जलविद्युत उत्पादन विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रशारण सञ्जाल सुदृढीकरण, सिंचाई प्रणालीको आधुनिकीकरण, ऊर्जा सुरक्षाको सुनिश्चितता, डिजिटल पूर्वाधार विस्तार तथा जलवायु अनुकूल विकासका कार्यक्रमहरू यही सोचका प्रतिफल हुन् । सरकार निर्माणसँगै गुणस्तरलाई केन्द्रमा राख्ने नीतिमा प्रतिवद्ध छ । अब परियोजनाको सफलता केवल बजेट खर्चका आधारमा होइन, समयमै सम्पन्न हुने, लागत अनुशासन कायम गर्ने र नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने परिणामका आधारमा पनि मापन गरिनेछ । त्यसका लागि इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता र नवप्रवर्तनशील सोचको अपेक्षा गरिएको विषय म स्मरण गराउन चाहन्छु । हामी ऊर्जा क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइरहेका छौँ । जलविद्युत उत्पादन वृद्धि, प्रसारण पूर्वाधार विस्तार, क्षेत्रीय विद्युत व्यापार, नवीकरणीय ऊर्जाको प्रवद्र्धन तथा आधुनिक प्रविधिको प्रयोगमा दक्ष इन्जिनियरहरूको योगदान निर्णायक रहनेछ भन्ने हाम्रो विश्वास छ । पूर्वाधार केवल कङ्क्रिट, फलाम र सिमेन्टको संरचना मात्र होइन, यो आर्थिक विकास, सामाजिक न्याय, उत्पादन वृद्धि, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधार्ने महत्वपूर्ण माध्यम पनि हो ।’

पूर्वाधार विकासलाई भौतिक संरचनाका रूपमा मात्र नभई सामाजिक न्याय र आर्थिक समृद्धिको माध्यमका रूपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल