२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द



अ+ अ-

चितवन। स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ ।

जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ ।

रातिमा सवारीसाधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ । वर्षातका कारण शनिबार रातिसमेत यो सडक बन्द गरिएको थियो । रासस