२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सले नामिबियालाई दुई सय ४८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनायो । टियुमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो । यसअघि नेपालले सन् २०२१ मा नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय ईनिङ खेले। उनले ६२ बलमा १० छक्का र ११ चौकासहित एक सय ३५ रन बनाए । जारी शृङ्खलामा कुनै पनि ब्याट्सम्यानले यति धेरै रन बनाएको छैन ।

त्यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोड्दा तेजा निदामनुरुले १८ रन थपे ।

नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए ।