९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’

मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
अ अ+ अ-

दाङ। कुनै समय बरदान सावित बनेको दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल अहिले प्रयोगविहीन बनेको छ ।

यहाँ मोटरेबल पुल बनेपछि लमही र राजपुर जोड्ने एउटा प्रभावकारी माध्यम बनेको उक्त पुल अहिले प्रयोगविहीन बनेको हो ।

केही वर्ष पहिले राप्ती नदीका अधिकांश ठाउँमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गरिरहेको अवस्थामा उक्त पुलले निकै सहज बनाएको थियो ।

सोही पुलको १०० मिटर नजिकै पक्की मोटरेबल पुल बनेपछि अहिले झोलुङ्गे पुल प्रयोगविहीन बनेको स्थानीय बताउँछन् । “पहिले यो पुल निकै प्रयोग हुन्थ्यो, बरदानजस्तै बनेको थियो”, राजपुर निवासी रमेश बुढाले भन्नुभयो, “तर, नजिकै मोटरेबल पुल बनेपछि प्रयोग हुन छाडेको छ ।”

कुनै समय यो पुलले वारपार गर्न निकै सहज हुने गरेकामा प्रयोग हुन छोडेपछि जीर्ण बन्दै गएको उहाँको भनाइ छ ।

राजपुर गाउँपालिकासँग राजमार्गको सम्बन्ध नहुँदा यही पुलले सम्बन्ध जोडेको थियो। अहिले उक्त पुल प्रयोगविहीन भएकाले यसलाई निकालेर अन्य पुल नभएको ठाउँमा लैजान सकिएमा डुङ्गाबाट यात्रा गरिरहेका नागरिकलाई सहज हुने बुढाले बताउनुभयो ।

“धेरै ठाउँमा पुल छैनन्, तर, यहाँ एकै ठाउँमा दुई वटा पुल भएकाले अन्य स्थानमा स्थानान्तरण गर्दा हुने देखिन्छ”, उहाँले भन्नुभयो, “यसलाई निकालेर पुल नभएको ठाउँमा लैजान सकिए त्यहाँका नागरिकलाई सहज हुन्थ्यो ।”

यस क्षेत्रका अधिकांश ठाउँमा अहिले पनि डुङ्गाको सहारा लिनुपर्ने अवस्था रहेको भन्दै उहाँले यसमा सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

उहाँका अनुसार रु ३५ करोड लागतमा २८० मिटर लामो पुल बनेको छ। उक्त पुल बनेपछि सवारीसाधन आवतजावत गर्न सहज भएको छ ।

सोही पुल तारेर हुलाकी राजमार्गमा पनि यात्रा गर्न जान सकिन्छ। करिब चार वर्षअघि यहाँ मोटरेबल पुल निर्माण भएको थियो। पुल निर्माण भए पनि सोही ठाउँको सडक भने स्तरोन्नति हुन सकेको छैन। यहाँबाट भारतसँग जोडिएका विभिन्न नाकामा आउजान गर्न सकिन्छ । रासस