३ श्रावण २०८३, आईतवार
,
Latest
शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव झापाका किसानलाई रासायनिक मलको अभाव गुणस्तरीय पूर्वाधार र समयमै आयोजना सम्पन्न गर्ने कार्यमा इन्जिनियरको भुमिका निर्णायकः ऊर्जामन्त्री श्रेष्ठ बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’ जलमग्न माइतीघर क्षेत्र- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा छ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा छवर्षे पदावधि पूरा गरी बिदाई हुन लाग्नुभएका सांसदले आफ्नो अनुभव राखिरहनुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराउनुभएको थियो ।

सभामा आफ्नो कार्यकाल पूरा गर्न लाग्नुभएका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो । संवैधानिक व्यवस्थाअनुसार छवर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदाई हुँदै हुनुहुन्छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा बिमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरीको पदावधि सकिन लागेको हो । रासस