२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा बन्द



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३.६६ अंकले बढेर २ हजार ६४०.३४ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स भने २.२० अंक घटेर ४७९.५८ विन्दुमा झरेको हो । 

आइतबार समग्र धितोपत्र कारोबार मापक नेप्से इन्डेक्स सामान्य अंकले उकालो लागे पनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने घटेको हो । यस दिन २०६ वटा कम्पनीको ९१ हजार ३७८ पटकको व्यापारमा रू. ८ अर्ब ६९ करोड ७६ लाख ४९ हजार बराबरको २ करोड ४० लाख ३४ हजार ७५४ कित्ता शेयर खरीदविक्री भएको छ ।

यो दिन बैंकिङ समूहक ०.३७ प्रतिशत, वित्त ०.३५ प्रतिशत, निर्जीवन बीमा ०.६४ प्रतिशत, लघुवित्त १.०१ प्रतिशत र जीवन बीमा समूहको परिसूचक १.९६ प्रतिशतले घटेको छ । 

आइतबारको बजारबाट म्युचुअल फण्ड र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन म्युचुअल फण्ड समूहको सर्वाधिक ६.४ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ४.२९ प्रतिशत बढेको हो ।

त्यस्तै यो दिन व्यापारिकको ०.५४ प्रतिशत, होटलको ०.५९ प्रतिशत, विकास बैंकको १.०७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.०८ प्रतिशत र अन्यको १.८८ प्रतिशत परिसूचक बढेको छ । 

यो दिन नेपाल बैंकले कुल कारोबारमा सर्वाधिक हिस्सा ओगटेको छ । उक्त बैंकको रू. ६१ करोड ४२ लाख ६२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त बैंकको शेयरमूल्य भने ४.७८ प्रतिशत अर्थात प्रतिकित्ता रू. २१ ले बढेर रू. ४६० कायम भएको छ ।