८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा



अ+ अ-

काठमाडौं । फागुन १८ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ १०० र भीआईपी पारापिटतर्फ ३०० कायम गरिएको छ । खेलको टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा भौतिक रुपमा लिन सकिने एन्फाले जनाएको छ ।

प्रतियोगितामा नेपाल सहित चार राष्ट्रले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताका लागि चक्र तामाङ्गको प्रशिक्षणमा २३ सदस्यीय नेपाली राष्ट्रिय यू– १६ महिला टोली तयारी गरिरहेको छ ।

सहभागी टिमहरु नेपाल आइसकेको एन्फाले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट २ करोड १२ लाख २० हजार ९०० रुपैयाँ (१६२,४६८ अमेरिकी डलर) रहेको एन्फाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल १८ फागुनमा भारत र भुटानबीच हुनेछ । घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ४ टोलीले राउण्ड रोबिन लिग खेलेपछि शीर्ष २ टिमले फाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताका खेलहरु Sportzworkz युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।