२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिसिद्धि फुटसल विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि जित्न सफल



अ+ अ-

काठमाडौं । हरिसिद्धि फुटसलले विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० गोलले पराजित गरेको हो ।

सन्दिप कार्कीले २ तथा रन्जित गुरुङ र प्रवेश जोशीले १–१ गोल हान्न सफल भयो । उपाधिसंगै हरिसिद्धिले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पा¥यो भने इभ भिजले ३५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।

साहस स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा हरिसिद्धिका सन्दिप कार्की उत्कृष्ट खेलाडी घोषित भएका छन् । हरिसिद्धिका धीरज तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्टद्वयले जनही २ हजार ५ सय नगद पुरस्कार हात पारे । नेपाल आयल निगम अनुशासित टिम ठहरियो ।

विजेतालाई नेपाल ओलिम्पक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, स्वयम्भू क्लबका अध्यक्ष श्याम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता स्वयम्भू क्लबका पूर्व फुटबल खेलाडी विपिन शर्माको परिवारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले गरिएको हो । प्रतियोगिता संयोजक महेश मल्ल ठकुरी र सह–संयोजक सन्तोष न्यौपानेले स्व. शर्माकी आमालाई एक लाख नगद सहयोग स्वरुप प्रदान गरे ।