२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिसिद्धि फुटसल विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि जित्न सफल



अ+ अ-

काठमाडौं । हरिसिद्धि फुटसलले विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० गोलले पराजित गरेको हो ।

सन्दिप कार्कीले २ तथा रन्जित गुरुङ र प्रवेश जोशीले १–१ गोल हान्न सफल भयो । उपाधिसंगै हरिसिद्धिले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पा¥यो भने इभ भिजले ३५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।

साहस स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा हरिसिद्धिका सन्दिप कार्की उत्कृष्ट खेलाडी घोषित भएका छन् । हरिसिद्धिका धीरज तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्टद्वयले जनही २ हजार ५ सय नगद पुरस्कार हात पारे । नेपाल आयल निगम अनुशासित टिम ठहरियो ।

विजेतालाई नेपाल ओलिम्पक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, स्वयम्भू क्लबका अध्यक्ष श्याम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता स्वयम्भू क्लबका पूर्व फुटबल खेलाडी विपिन शर्माको परिवारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले गरिएको हो । प्रतियोगिता संयोजक महेश मल्ल ठकुरी र सह–संयोजक सन्तोष न्यौपानेले स्व. शर्माकी आमालाई एक लाख नगद सहयोग स्वरुप प्रदान गरे ।