१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थाल्यो: प्रधानमन्त्री दाहाल

रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थाल्यो: प्रधानमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली सेनाहरु रुसी सेनामा भर्ती भएको विषयमा सरकारले रुस सरकारसँग कुराकानी गरिरहेको बताउनुभएको छ । उहाँले पहिले नेपालीहरु रुसी सेनामा भर्ती भएको विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै थाहा पाएसँगै रुस सरकारसँग यस बारेमा कुराकानी भइरहेको जानकारी दिनुभयो । उहाँले अहिले रुस सरकारसँग नेपालीहरु भर्ती भएको विषयमा सूचना दिने, राहत तथा क्षतिपूर्ति दिने र तथ्यांक विवरण दिने समझदारी भएको बताउनु भयो । उहाँले सो समझदारी भएसँगै यो विषय सरकारको कमाण्डमा आएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो विषय हामी सबैको लागि चिन्ता र पीडाको विषय भएको छ । सरकारलाई कहीँ कतै थाहा थिएन कि नेपालीहरु भारत, दुबईको बाटो गरि रसिया पुगेका छन् । र रसियामा गएर रसियन आर्मिमा भर्ती भएका छन् भन्ने कुरा नेपाल सरकारलाई पहिले थाहा भएको कुरा होइन । जब रसिया र युक्रेनको लडाँइ अगाडी बढ्दै गयो । र केही नेपाली मारिएको कुरा आइसकेपछि मात्रै हामीलाई थाहा भयो कि विभिन्न रुपमा कोही स्टुडेण्ट भिसामा गएका छन् । कोही भिजिट भिसामा गएका छन् । कोही नेपालबाट होइन विदेशबाट गएका छन् । त्यसरी पुगेको देखिएपछि सरकारले यसलाई गम्भिरतापूर्वक लिएर रुस सरकारसँग कुराकानी गरिएको छ ।’

‘र अहिले रुसले सूचना दिने, राहत क्षतिपुर्तिपनि दिने र त्यसको तथ्यांक विवरण पनि दिने भन्ने पनि समझदारी भएको छ । अब बल्ल सरकारको कमाण्डमा चिज आउन थालेको छ । त्यसअनुसार हामीले समाधान गर्नेतिर जादैँछौँ । सरकारले सार्वजनिक रुपमा पनि त्यसरी हाम्रो हिजो ऐतिहासिक सन्धि, सम्झौताद्वारा जुन–जुन देशको सेनामा भर्ती हुने भनिएको छ, खासगरी भारत र ब्रिटिश आर्मिमा बाहेक हाम्रो कहीँ पनि सेनामा भर्ती हुन दिने भन्ने नेपालको नीति छैन । त्यो सार्वजनिक पनि गरिएको छ । जनतालाई त्यसमा सजग गराउनु पनि जरुरी छ ।’

उहाँले सरकारको भारत र ब्रिटिश सेनामा मात्रै नेपाली भर्ती हुन पाउने ऐतिहासिक सन्धि, सम्झौता रहेको भन्दै त्यस विपरित भर्ती गर्ने कुनै नीति नभएको स्पष्ट पार्नुभयो । उहाँले सो विषयमा सरकारले जनतालाई पनि सजग गराइरहेको बताउनु भयो ।