७ पुष २०८२, सोमबार
,
Latest
प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न



अ+ अ-

काठमाडौँ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न भएको छ ।

काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको प्रदर्शनी (आज) बुधवार सम्पन्न भएको हो । राष्ट्रिपति रामचन्द्र पौडेलले गत फागुन ५ गते प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको समापन समारोहलाई सम्बोधन गर्नुभयो । आयोजककाअनुसार प्रदर्शनीमा विभिन्न ५१ देशका १३७ चित्रकारले बनाएका दुई सय १३ वटा भन्दा बढी चित्रहरू समावेश रहेका दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनु भयो ।

उहाँकाअनुसार शुरुमा ४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरुको वर्कसप खोटाङमा पाँच दिने लाइभ पेन्टिङ भएको बताउनु भयो । सो प्रदर्शनीपछि अन्य देशका चित्रकारहरुसँग सम्पर्क गरी ५१ देशका १३७ चित्रकारहरुले कोर्नुभएका चित्रहरु प्रदर्शनमा राखेको बताउनु भयो । चित्रकला प्रदर्शनीले खोटाङ र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताउनु भयो । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवद्र्धन गर्ने र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरुको वर्कसप खोटाङमा वर्कसप गरेका थियौँ, त्यो पाँच दिने लाइभ पेन्टिङ भएको थियो । दिक्तेल आसपासमा चित्र कोर्नुभयो । यो बीचमा अन्य देशसँग पनि सम्पर्क गरेर ५१ देशका १३७ जना चित्रकारहरुले बनाउनुभएका चित्र छन् । फागुन ५ गतेबाट शुभारम्भ भएर आज सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्नुभएको छ । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ । २१३ वटा चित्र रहेका छन् । यि चित्र दिक्तेल लगेर संग्रहालयका रुपमा विकास गर्नेछौँ । दिक्तेल पेरिफेरिका छन् । साथै जिल्लाभरका पनि छन् । हाम्रो नगरपालिका र खोटाङ जिल्लाका ऐतिहासिक तीर्थस्थलको चित्र छ ।’

प्रमुख भट्टराईले चित्रलाई दिक्तेलमा संग्रहालयका रुपमा विकास गर्ने बताउनु भयो । उहाँले दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका र खोटाङ जिल्लाभरका ऐतिहासिक तीर्थस्थलहरुलाई चित्रमा उतारिएको बताउनु भयो ।