१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न
अ अ+ अ-

काठमाडौँ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न भएको छ ।

काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको प्रदर्शनी (आज) बुधवार सम्पन्न भएको हो । राष्ट्रिपति रामचन्द्र पौडेलले गत फागुन ५ गते प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको समापन समारोहलाई सम्बोधन गर्नुभयो । आयोजककाअनुसार प्रदर्शनीमा विभिन्न ५१ देशका १३७ चित्रकारले बनाएका दुई सय १३ वटा भन्दा बढी चित्रहरू समावेश रहेका दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनु भयो ।

उहाँकाअनुसार शुरुमा ४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरुको वर्कसप खोटाङमा पाँच दिने लाइभ पेन्टिङ भएको बताउनु भयो । सो प्रदर्शनीपछि अन्य देशका चित्रकारहरुसँग सम्पर्क गरी ५१ देशका १३७ चित्रकारहरुले कोर्नुभएका चित्रहरु प्रदर्शनमा राखेको बताउनु भयो । चित्रकला प्रदर्शनीले खोटाङ र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताउनु भयो । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवद्र्धन गर्ने र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरुको वर्कसप खोटाङमा वर्कसप गरेका थियौँ, त्यो पाँच दिने लाइभ पेन्टिङ भएको थियो । दिक्तेल आसपासमा चित्र कोर्नुभयो । यो बीचमा अन्य देशसँग पनि सम्पर्क गरेर ५१ देशका १३७ जना चित्रकारहरुले बनाउनुभएका चित्र छन् । फागुन ५ गतेबाट शुभारम्भ भएर आज सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्नुभएको छ । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ । २१३ वटा चित्र रहेका छन् । यि चित्र दिक्तेल लगेर संग्रहालयका रुपमा विकास गर्नेछौँ । दिक्तेल पेरिफेरिका छन् । साथै जिल्लाभरका पनि छन् । हाम्रो नगरपालिका र खोटाङ जिल्लाका ऐतिहासिक तीर्थस्थलको चित्र छ ।’

प्रमुख भट्टराईले चित्रलाई दिक्तेलमा संग्रहालयका रुपमा विकास गर्ने बताउनु भयो । उहाँले दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका र खोटाङ जिल्लाभरका ऐतिहासिक तीर्थस्थलहरुलाई चित्रमा उतारिएको बताउनु भयो ।