३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.61

Wind: 5.14

Humidity: 29

Latest
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल विधेयकमा स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने प्रावधान राख्नु हुँदैन सांसदहरु नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँः मन्त्री गुरुङ जब पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो… (भिडियोसहित) पीडितको वचत फिर्ता गराउन सहकारी बैंक र सहकारी संस्थाका पदाधिकारीको सम्पती रोक्का गरौँः सांसद सुवाल अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती पक्राउ परे प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको हो: प्रमुख सचेतक शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको दाबी: संसद र संसदीय समितिको निर्देशन कार्यान्वयन भइरहेको छ



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।

बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले समितिका सांसदहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपमा लिने पनि बताउनु भयो । उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिँदै आएको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनका लागि बाँकि कानूनहरुको निर्माण कार्यलाई अघि बढाएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको व्यहोरा पनि जानकारी गराउन चाहन्छु । समितिमा माननीय सदस्यहरुले व्यक्त गरेका जिज्ञासाहरुमा पनि सरकारको धारणा तपाईहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपले लिने नै छ । संघीयता कार्यान्वयनका सरकारको उच्च प्राथमिकतामा रहेको छ । यस सन्दर्भमा विगत ४ वर्षदेखि नसकेको संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन बमोजिम गठन गरिएको प्रदेश समन्वय परिषद्को बैठक यसै पटक दुई पटक बसी संघीयताको कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरु कार्यान्वयन भईरहेका छन् ।’

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरु कार्यान्वयन गरिरहेको पनि बताउनु भयो ।