१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

गण्डकी प्रदेश सभा सचिवालयमा एमालेले एकसाथ दर्ता गरायो तीन संकल्प प्रश्ताव

गण्डकी प्रदेश सभा सचिवालयमा एमालेले एकसाथ दर्ता गरायो तीन संकल्प प्रश्ताव
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रश्ताव दर्ता गरेको छ ।

बुधवार गण्डकी प्रदेश सभा सचिवालयमा एमाले संसदीय दलले संकल्प प्रश्ताव दर्ता गराएको हो । जसअनुसार लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न संकल्प प्रश्ताव दर्ता गरेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देशीय परियोजना गण्डकी प्रदेशसँग समन्वय नगरीकन अघि बढाउन खोजिएको भन्दै सो विषय खारेजीको माग गरी संकल्प प्रश्ताव दर्ता गरेको हो ।

संविधानअनुसार सुस्ता गण्डकी प्रदेशको भूगोल भएपनि अहिले लुम्बिनीमा परेको छ । गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि यसबारे निर्णय गरेर संघमा पठाएको थियो । तर अहिलेसम्म कुनै जवाफ आएको छैन । अहिले संकल्प प्रश्ताव नै दर्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने माग एमालेले राखेको छ ।’

‘साथै एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को नयाँ वर्षबाट सञ्चालनमा आएपनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै विमानस्थल सञ्चालन गर्न आवश्यक एयर सर्भिस एग्रिमेण्ट लगायतका अन्य आवश्यक पूर्वाधार निर्माण गरी नेपाल एयरलाइन्सको जहाजमार्फत यथाशिघ्र नियमति अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्न आग्रह गरेको छ । त्यस्तै अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीलाई समेत नियमित अन्तर्राष्ट्रिय उडान गर्न आकर्षित गर्ने नीति, योजना तथा कार्यक्रम तत्काल सञ्चालन गर्न प्रदेश सरकारमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको बताएको छ । सरकारले अध्ययन गरी सञ्चालन गर्न लागेको कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देश्यीय परियोजना संविधानअनुसार प्रदेश र स्थानीय तहसँग समन्वय नगरी संघीय सरकारले एकतर्फी रुपमा शुरु गर्न लागेको भन्दै परियोजना तत्काल खारेज गर्न माग गरेको छ ।

संकल्प प्रश्ताव दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद गोविन्द नेपालीले एमालेले तीन वटा संकल्प प्रश्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेको बताउनु भयो । उहाँले संकल्प प्रश्तावमा सुस्ता गाउँपालिका गण्डकी प्रदेशमा रहनुपर्ने, कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देशीय परियोजना गण्डकी प्रदेशसँग समन्वय नगरीकन अघि बढाउन खोजिएकाले खारेजी गर्न माग गरिएको बताउनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्नका लागि प्रदेश सरकारले गर्नुपर्ने नीतिगत र विविध पहलकदमीहरुका बारेमा प्रदेश सभा सचिवलायमा दर्ता गराएको बताउनु भयो ।

संकल्प प्रश्ताव ग्रहणपछि बोल्दै गण्डकी प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले संकल्प प्रश्ताव प्रदेश सभा सदस्यहरले एक हप्ताअघि, मन्त्रीहरुले तीन दिनअघि सचिवलाई दिनुपर्ने प्रावधान रहेको बताउनु भयो ।

तीन वटै संकल्प प्रश्तावहरु सचिवले कार्यव्यवस्थाका नाममा दर्ता गर्ने तोक लगाइसकेपछि प्रक्रिया अघि बढ्ने सचिव पोखरेलले बताउनु भयो । संकल्प प्रश्तावको स्वीकार गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय सभामुखको हुने र संसदको कामकारबाहीबाट संकल्प प्रश्ताव अघि बढ्ने बताउनु भयो ।