११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङको योजना तुहियो, धरानमा विमानस्थल नबन्ने



अ+ अ-

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल नबनाउने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईको योजनाविपरित प्राधिकरणले विमानस्थल नबनाउने निर्णय गरेको हो ।

प्राधिकरणले धरानको विमानस्थल हवाई नीतिविपरित भएको र आर्थिकरुपमा फाइदा नहुने कारण देखाएर नबनाउने निर्णय गरेको हो । प्राधिरकणले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा पनि भौगोलिक, प्राविधिक र नीतिगत रुपमा धरानमा विमानस्थल निर्माण सम्भव नहुने निष्कर्ष निकालेको थियो ।

हवाई नीतिअनुसार तराईमा ४० र पहाडि क्षेत्रमा २० नटिकल माइलभित्र विमानस्थल बनाउन पाइँदैन । धरान र विराटनगरबीचको हवाई दुरी १९ नटिकल माइल मात्र छ । विराटनगरमा विमानस्थल सञ्चालनमा रहेकाले नीतिअनुसार धरानमा विमानस्थल बनाउन नपाइने भएको हो ।