११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन



अ+ अ-

गण्डकी। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारीदेखि तीर्थयात्रीसम्म रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिका–१७ का सविना पौडेल, पोखरा–१५ का छमप्रकाश थापा, मनु बुढा, पोखरा–५ का सृष्टि बास्तोला, पोखरा–६ का अभिषेक आचार्य, पोखरा–१२ का लिलाबहादुर थापा, सुमन श्रेष्ठ, पोखरा–१५ का देवीकुमारी गुरुङ, पोखरा–१३ का विनु गुरुङ र पोखरा–१४ का गोविन्दबहादुर अधिकारी रहनुभएको छ ।

यस्तै सिराहा घर भई हाल पोखरामा बसोबास गर्नुहुने आनन्दकुमार महतो, सिन्धुली घर भई पोखरा बस्दै आउनुभएका प्रविन पुर्जा, काठमाडौँ घर भई पोखरा बसोबास गर्नुहुने राजेश शर्मा र प्रमिला पाठक बाढीपछि सम्पर्कविहीन भएको भनी उहाँहरूका आफन्तले जानकारी गराएको सहायक प्रजिअ बरालले बताउनुभयो ।

“हालसम्म बाढीमा हराउनुभएका कास्कीका १४ जना परिवार र आफन्तको सम्पर्कमा नआएको पाइएको छ”, उहाँले भन्नुभयो, “बाढीमा सम्पर्कविहीन भएका अन्य व्यक्तिका विषयमा पनि विवरण प्राप्त हुने क्रम जारी छ ।” रासस