३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने

कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने
अ+ अ-

कर्णाली । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले भोटेकोशी बाढीपीडितलाई रु दुई लाख २५ हजार सहयोग गर्ने भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको बैठले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकमा कर्णाली प्रदेशसभामा निर्वाचित कांग्रेसका १५ कर्णाली प्रदेशसभा सदस्यले प्र्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जनही रु १५ हजार सहयोग गर्ने निर्णय भएको सो दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।

बाढीबाट भएको जनधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले बाढीमा परी मृत्यु हुने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

घाइतेको उपचारको प्रबन्ध मिलाउन, बेपत्ता भएकाको खोजी, पीडितको राहत, उद्धार र पुनःस्थापनामा विशेष प्राथमिकताका साथ जुट्न नेपाल सरकारलगायतका सम्बद्ध सम्पूर्ण सरोकारवाला पक्षसँग अपिल गरिएको नेता शाहीले बताउनुभयो । रासस