२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङको योजना तुहियो, धरानमा विमानस्थल नबन्ने



अ+ अ-

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल नबनाउने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईको योजनाविपरित प्राधिकरणले विमानस्थल नबनाउने निर्णय गरेको हो ।

प्राधिकरणले धरानको विमानस्थल हवाई नीतिविपरित भएको र आर्थिकरुपमा फाइदा नहुने कारण देखाएर नबनाउने निर्णय गरेको हो । प्राधिरकणले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा पनि भौगोलिक, प्राविधिक र नीतिगत रुपमा धरानमा विमानस्थल निर्माण सम्भव नहुने निष्कर्ष निकालेको थियो ।

हवाई नीतिअनुसार तराईमा ४० र पहाडि क्षेत्रमा २० नटिकल माइलभित्र विमानस्थल बनाउन पाइँदैन । धरान र विराटनगरबीचको हवाई दुरी १९ नटिकल माइल मात्र छ । विराटनगरमा विमानस्थल सञ्चालनमा रहेकाले नीतिअनुसार धरानमा विमानस्थल बनाउन नपाइने भएको हो ।