११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन



अ+ अ-

सुदूरपश्चिम। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका एक सयभन्दा बढी नागरिक सम्पर्कविहीन रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, कैलालीले यहाँका नौवटै जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यसक्रममा एक सयभन्दा बढी बढी सम्पर्कविहीन रहेको सूचना आएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले तीमध्ये कैलालीका ३१, कञ्चनपुरका २९, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका चार, दार्चुला तीन, डोटीका दुई, बझाङका दुई र अछामका एक जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जानकारी दिनुभयो ।

कैलालीका मात्र ४९ जना सम्पर्कविहीन भएका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।

बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका उनीहरु हालसम्म परिवार तथा आफन्तसँग सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको विवरण टिपाउन प्रहरीले आफन्तजनलाई अनुरोध गरेको छ । रासस