२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानै छिटो उठ्नुका फाइदाहरू



a nice girl enjoys sunny morning
अ+ अ-

एजेन्सी । बिहानको मिठो निन्द्रा कसैलाई राम्रो लाग्दैन । तर, विश्वास मान्नुहोस्, यस पललाई छोड्नुको फाइदा पनि उत्तिकै रहेका छन् । यदी तपाई बिहानै उठ्नुका फाइदाबारे अन्जान हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् बिहान उठ्नुका पाँच फाइदाहरुः

१. बिहान छिटो उठ्नाले तपाईले अतिरिक्त उर्जा पाउनसक्नुहुन्छ । यसले तपाईलाई दिनभर उर्जावान् बनाउने काम गर्छ । एकप्रकारको आनन्द दिने काम पनि गर्छ । तपाईमा सकारात्मक सोचको विकास गर्छ ।

२. छिटो उठ्नुको एउटा ठुलो फाइदा छ । त्यो हो तपाईसँग पर्याप्त समेत हुन्छ । यसकारण पनि तपाईले धेरै काम धर्यताका साथ गर्नसक्नुहुन्छ । सबै काम समयमै सकेर तपाई केही क्वालिटी समय समेत निकाल्न सक्नुहुन्छ ।

३. छिटो उठ्नु, दिमागको लागि पनि उत्तिकै फाइदा हुन्छ । यसले तपाईको एकाग्रता बढाउने काम गर्छ । यदी तपाईको पढाई वा अफिसको काम छ भने विहान एकाग्रताका साथ काम गर्न सक्नुहुनेछ ।

४. योगा तथा व्यायामका लागि सबैभन्दा महत्वपुर्ण समय भनेको बिहान नै हो । यसले तपाईलाई दिनभर फिट राख्न मदत सक्छ । यसले तपाईलाई शान्त र एकाग्र राख्न महत्वपुर्ण भुमिका खेल्छ ।

५. बिहानको मौसम स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपुर्ण रहेको हुन्छ । यसको फाइदा उठाउन भनेपनि छिटो बिहान उठ्नु आवश्यक छ ।