३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथास्थितिमा एमसीसी पारित हुँदैन: नारायणकाजी



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेसम्म सतारुढ गठबन्धनमा एमसीसी पारित गर्ने भन्नेबारेमा कुनै सहमति नभएको बताउनुभएको छ । उहाँले एमसीसी पारित नभए सत्ता गठबन्धन तोडिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइमा कुनै सत्यता नभएको बताउनुभयो ।

उहाँले  भन्नुभएको छ, “कुनै भ्रममा नपरौँ, प्रम देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।” गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य नभएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो पार्टी गठबन्धनको एकता कायम राख्न चाहेको छ भन्दै साथै राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरी राख्ने र त्यसका निम्ति दृढ रुपमा प्रतिबध्द रहेको बताउनुभएको छ ।

पार्टीका लागि अन्य विषय त्यसै मातहत रहने उहाँले उल्लेख गर्नुभएको छ । पार्टीभित्र उहाँले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने अडान राख्दै आउनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत एमसीसीलाई हुबहु पारित गर्न नसकिने बताउँदै आउनुभएको छ ।