९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथास्थितिमा एमसीसी पारित हुँदैन: नारायणकाजी



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेसम्म सतारुढ गठबन्धनमा एमसीसी पारित गर्ने भन्नेबारेमा कुनै सहमति नभएको बताउनुभएको छ । उहाँले एमसीसी पारित नभए सत्ता गठबन्धन तोडिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइमा कुनै सत्यता नभएको बताउनुभयो ।

उहाँले  भन्नुभएको छ, “कुनै भ्रममा नपरौँ, प्रम देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।” गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य नभएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो पार्टी गठबन्धनको एकता कायम राख्न चाहेको छ भन्दै साथै राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरी राख्ने र त्यसका निम्ति दृढ रुपमा प्रतिबध्द रहेको बताउनुभएको छ ।

पार्टीका लागि अन्य विषय त्यसै मातहत रहने उहाँले उल्लेख गर्नुभएको छ । पार्टीभित्र उहाँले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने अडान राख्दै आउनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत एमसीसीलाई हुबहु पारित गर्न नसकिने बताउँदै आउनुभएको छ ।