११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई बाबुरामको कटाक्ष: क्रान्तिकारीलाई बन्दुकको गोलीले भन्दा सत्ताको गुलियोले छिटो सिध्याउँछ



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले क्रान्तिकारीहरूलाई बन्दुकको गोलीले भन्दा सत्ताको गुलियोले छिटो सिध्याउॅछ भनेको यस्तै हो कि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्नुभएको छ ।

लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गरेकाहरुको माग पुरा गर्नुको साटो सामान्य प्रक्रियागत मुद्दा तेर्स्याएर दमन गर्नु लज्जास्पद र भर्त्सनायोग्य भएको जनाउनु भएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

हिजो गरीब किसान-मजदूरकोनिम्ति लडेकाहरूले नेतृत्व गरेको सरकारले सूदखोरी (निजी र संस्थागत) पीडित गरीबहरू (अधिकांश महिलाहरू) को राजधानी -केन्द्रित आन्दोलनका माग इमान्दारितापूर्वक शीघ्र समाधान गर्नुसट्टा उनीहरूलाई सामान्य प्रक्रियागत मुद्दा तेर्स्याएर दमन गर्नु लज्जास्पद र भर्त्सनायोग्य छ!

अझै आफ्ना प्रशासनिक र सुरक्षा कमजोरीको जिम्मेवारी लिनुसट्टा सर्वसाधारण पैदल हिड्ने बाटो छेकेर निषेधित क्षेत्र घोषणा गर्नु अधिनायकवादको परिचायक भएको प्रष्टै छ।

क्रान्तिकारीहरूलाई बन्दुकको गोलीले भन्दा सत्ताको गुलियोले छिटो सिध्याउँछ भनेको यस्तै हो कि?