१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

संघीय संसद सुन चोरहरुको बनेको छ: पूर्वसभामुख ढुंगाना

संघीय संसद सुन चोरहरुको बनेको छ: पूर्वसभामुख ढुंगाना
file photo
अ अ+ अ-

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुंगानाले संघीय संसद सुन चोरहरुको संसद बनेको बताउनुभएको छ ।

मंगलवार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद सुन चोरहरुको बनेको बताउनुभएको हो । उहाँले संसद ठेकेदार, फटाहा र स्पोन्सरहरुको बनिरहेको पनि बताउनु भयो । उहाँले सबै भ्रष्टाचारीहरुलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताउनु भयो । उहाँले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताउनु भयो । पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई पैसामा बेच्ने गरेका उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो निर्वाचन प्रणाली भ्रष्टाचारकै द्वार हो । यो पार्टी, उ पार्टीको कुरा होइन । एउटा मान्छे सबै जवानी खर्च गरेर एउटा क्षेत्र बनाउँछ भोलि म सांसद हुँला भनेर । पार्टीलाई पनि थाहा छ, यो पपुलर छ, जनसेवी छ । यसले जित्छ भनेको छ । खुत्रुक्क कुन नेताको खल्तीमा कुन पैसा पर्छ, करोडौँ पर्छ । त्यसले टिकट पाउँछ । दलमा भ्रष्टाचार टिकट बेच्नमा शुरु भइसकेको छ । यो रोक्न सक्छौँ हामी ? ०८४ को संसद कस्तो होला कल्पना गर्नुस् त ? खालि ठेकेदार, फटाहा र स्पोन्सरहरुको र अहिले सुन चोरीहरुको संसद बन्न गइरहेको छ । त्यतातिर ध्यान जानुपर्छ कि पर्दैन ? सरकार र प्रधानमन्त्रीको ? जम्मै भ्रष्टाचारीहरुको सांसद बनाउन गइरहेका छौँ । अब पनि निर्वाचन पद्धतीमा सुधार नगर्ने हो भने । त्यसकारण यो संविधान खतरामा परिराखेको छ । हामीले एकातिर डेलिभर गर्न सकेनौँ ।’

उहाँले संविधानको आधारभुत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै मासले आन्दोलन गरेमा ०७२ सालको संविधान उल्टिन सक्ने बताउनु भयो । उहाँले मास आन्दोलनका कारण ०४७ सालको संविधान उल्टिएको दृष्टान्त समेत दिनुभयो । उहाँले सरकारका मन्त्रीहरु भ्रष्टाचारमा मुछिँदासमेत प्रधानमन्त्रीले हटाउन नसकेको भन्दै सरकार सकसमा चलिरहेको बताउनुभयो । उहाँले सरकारले अपm्ठ्यारो फुकाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संविधान लागू भएको ८ वर्ष भएको छैन, यसका सबै आधारभुत चरित्रमाथि प्रश्न उठिराखेको छ । जनता सडकमा आइरहेका छन् । अहिलेको संसद, सरकार वा दलहरुले यसको सामना गर्न, मुकाविला गर्न सक्दैन भनेको होइन । तर संवाद शुरु गर्ने कि नगर्ने ? निषेध नै गर्‍यो भने कहाँ पुर्‍याउँछ ? हामीले अर्को पक्ष कमजोर पनि भन्नु हुँदैन । किनभने हामी पनि त मास आन्दोलन गरेर आएका हौँ नि । उसले मास आन्दोलन गर्नसक्यौँ भने ०४७ सालको संविधान उल्टिन्छ भने ०७२ सालको संविधान उल्टिदैन ? कसैले ग्यारेन्टी गर्नसक्छ ? सरकारका मन्त्रीहरु भ्रष्टाचारमा भएर अख्तियार जानुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री न संशोधन गर्न सक्नुहुन्छ । न हटाउन सक्नुहुन्छ । न बदल्न सक्नुहुन्छ । न थप्न सक्नुहुन्छ । यस्तो सकसको सरकार चलिरहेको छ । सरकारमा बस्नुमात्रै ठुलो कुरा होइन नि । सकस, अपm्ठ्यारो त फुकाउन सक्नुपर्‍यो नि ।’

पूर्वसभामुख ढुंगानाले सबै बिरोधीहरु गणतन्त्र विरोधी नभएको पनि बताउनु भयो । उहाँले सबै विरोधीहरुलाई गणतन्त्र विरोधी भन्ने हो भने राजा महेन्द्रले आफूहरुलाई अराष्ट्रिय भनेजस्तै हुने बताउनु भयो । उहाँले सबभन्दा पहिले जनताहरुले बिरोध गर्ने परिस्थितिलाई रोक्नुपर्ने बताउनु भयो । उहाँले संविधान कार्यान्वयन गर्न सरकारलाई परेको बाधाको बारेमा जनता समक्ष स्पष्ट पार्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संविधानको आधारभुत चरित्रमाथि जब विरोध हुन थाल्छ नि । जनताहरु सडकमा उत्रिन्छन्, मासहरु आउँछन् नि । त्यो कसले गर्‍यो ? कुन अनुहारको ? कुन तत्व भन्नु हुँदैन । त्यो सबभन्दा ठूलो घातक कुरो हुन्छ । जनमत त्यसको विरुद्ध दिनुहुँदैन । एकचोटी प्रधानमन्त्रीलाई पनि भेटेर भनेको थिएँ, सबै बिरोधीहरु गणतन्त्र विरोधी होइनन् । परिवर्तनका विरोधीहरु होइनन् । गणतन्त्र, गणतन्त्रजस्तो नभएको भएर विरोध भएको हो । सबै विरोधीलाई गणतन्त्र बिरोधी भनिदिने हो भने त उहीँ राजा महेन्द्रले हामीलाई अराष्ट्रिय भनेजस्तो हो । हामी अराष्ट्रिय हौँ ? किशोरावस्थादेखि प्रजातन्त्रका लागि संघर्ष गरेका छौँ । अनि हामी अराष्ट्रिय, राजा राष्ट्रिय ? त्यसैले हामी सबै गणतन्त्र विरोधी होइनौँ । सबभन्दा पहिले यो विरोध गर्ने परिस्थिति रोक्नुपर्‍यो । संवाद गर्नुपर्‍यो । समाजवाद त सबैले भन्छन् । तर सत्ता पाउँदापनि जादु गर्नुपर्छ प्रधानमन्त्रीले म भन्दिनँ । तर त्यो बाधा उहाँले भन्दिएको भए हामीलाई पनि सजिलो हुन्थ्यो । त्यो समाजवाद कार्यान्वयन गर्नलाई अथवा संविधान कार्यान्वयन गर्नलाई अहिलेको सरकार, अहिलेको प्रधानमन्त्रीको पार्टी अथवा अहिलेको गठबन्धनलाई के बाधा परिराखेको छ ? जनताले खोजेको कुरा त्यही हो । जस्तो: प्रधानमन्त्रीको पनि आफ्ना बाधाहरु होलान् । कार्यान्वयनमा के बाधा छन् त प्रधानमन्त्रीलाई ? तपाईहरुबाट अपेक्षा गरेको कुरा त्यही हो ।’

पूर्वसभामुख ढुंगानाले संविधानको सुधार तथा परिमार्जन गरेर मुलुकलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन नगरेमा मुलुक अस्थिरतामा जाने बताउनु भयो ।