• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

नेप्से परिसूचकको उकालो यात्रा जारी



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कूल ५२ लाख ३९ हजार चार सय १६ कित्ता शेयर रु एक अर्ब ८६ करोड ९८ लाख १३ हजार पाँच सय २६ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड १९ लाख ६२ हजार छ सय ९० बराबरको कारोबार भयो ।

शिवम् मिसेन्ट रु आठ करोड २९ लाख ८२ हजार छ सय ६८, हिमालयन रिइन्स्योरेन्स रु छ करोड ४० लाख २६ हजार नौ सय ३९,घोराही सिमेन्ट रु पाँच करोड चार लाख ९० हजार दुई सय ६९ र हिमालयन डिस्टिलरी रु तीन करोड ५८ लाख ६८ हजार नौ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बिपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर कम्पनी नौ दशमलव २६, बोटलर्स नेपाल तराई आठ दशमलव ७२,र गुराँस लघुवित्तका शेयरधनीले आठ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, चिर्खवा हाइड्रोपावर पाँच दशमलव शून्य छ, कालिञ्चोक दर्शन चार दशमलव ३०, ज्योति विकास बैंकको ऋणपत्र तीन दशमलव ६२, मैलुङ हाइड्रोपावर तीन दशमलव ५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले गुमाएका छन् ।