२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसी मिलानमाथि इन्टर मिलानको जित



अ+ अ-

मिलान । इन्टर मिलानले सिरी ‘ए’ मा आइतबार एसी मिलानमाथि ३–० को जित निकालेको छ । लउटारो मार्टिनेजले गरेको दुई गोलमा  इन्टर मिलानले जित हात पारेको हो । यससँगै टोलीले शीर्ष स्थानमा चार अंकको अग्रता खोलेको छ ।

इन्टरका लागि रोमेलु लुकाकुले पनि एक गोल गरे । अंकतालिकाको शीर्ष स्थानमा रहेका दुई मिलान क्लब एकआपसमा यो स्थितिमा भिडेको सन् २०११ यता यो पहिलोपल्ट हो ।

यो जितपछि इन्टरको ५३ अंक भएको छ । आइतबारकै अर्को खेलमा तेस्रो स्थानको रोमाले बेनेभेन्टोविरुद्ध गोलरहित बराबरी खेल्यो भने चौथो स्थानमा उक्लिन एटलान्टाले नेपोलीलाई ४–२ ले हरायो ।