२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक, यो वर्ष ‘ए’ डिभिजन लिग नहुने



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । सोमबार साधारण सभाबाट वार्षिक क्यालेण्डर सार्वजनिक गरिएको हो ।

क्यालेण्डर अनुसार यस वर्ष ए डिभिजन लिग फुटबल नहुने भएको छ । एन्फाले अर्को वर्ष ए डिभिजन लिग फुटबल हुने गरि क्यालेण्डर बनाएको छ ।

एन्फाका अनुसार ए डिभिजन लिग अर्को वर्ष पुस १२ गतेदेखि प्रस्ताव गरिएको छ । ए डिभिजन लिग पुस १२ देखि जेठ १५ गतेसम्म सञ्चालन गर्ने एन्फाले जानकारी दिएको छ ।

अर्को वर्ष हुने लिग डवल राउण्ड रोबिनका आधारमा र सप्ताहव्यापी हुनेछ । एन्फाका अनुसार शुक्रबार, शनिबार र आईबार समान दुई–दुई खेल सञ्चालन गरिनेछ ।