१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा
अ अ+ अ-

काठमाडौं ।दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गर्नुभएको हो ।

सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टनेटसहितको दुरसञ्चार सेवा विस्तार गर्ने क्रममा राप्तीपारिको गाउँपालिका राजपुरमा एफटिटिएच पुर्याइएको बताउनुभयो । उहाँले अध्यक्षमार्फत गाउँपालिकाका बासिन्दा बधाई पनि दिनुभयो ।

केही समयअघि दाङको पहाडी गाउँपालिका बंगलाचुलीमा एफटिटिएच सेवा पुर्याइएको जानकारी दिंदै दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री शर्माले अब लगत्तै राप्तीपारिको गाउँपालिका गढवामा पनि सेवा विस्तार हुने बताउनुभयो ।
दश वटा स्थानीय तह रहेको दाङका छ वटा पालिकामा एफटिटिएच सेवा विस्तार भएको छ । मन्त्री शर्माले बाँकी तीन गाउँपालिका शान्तिनगर, बबई र दंगशीरणमा पनि चाँडै एफटिटिएच विस्तार गर्न नेपाल टेलिकमललाई निर्देशन दिनुभएको छ ।

नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले पूर्वपश्चिम राजमार्गको रिहारबाट १५ किलोमिटर अप्टिकर फाइबर विस्तार गरेर राजपुरमा सेवा सुरु गरिएको जानकारी दिनुभयो । हाल वडा नम्बर ४, ५ र ६ मा यो सुविधा पुर्याइएको र यसबाट तत्काल पाँच सय १२ लाइन फोन, इन्टरनेट र टेलिभिजन वितरण गर्न सकिने उहाँले जानकारी दिनुभयो । यो पालिकाका वडा नम्बर १, २ र ३ मा चाँडै विस्तार गरिने उल्लेख गर्दै उहाँले यो हप्ताभित्रै गढवा गाउँपालिकामा एफटिटिएच विस्तारको काम सुरु हुने बताउनुभयो ।

तुलसीपुरदेखि हापुरेसम्मको लाइन विस्तारको काम पनि शुरु गर्ने तयारी थालिएको जानकारी दिंदै कार्यालय प्रमुख शर्माले अबको दुई महिनाभित्र एफटिटिएच पुग्न बाँकी शान्तिनगर, दंगीशरण र बबई पनि पुर्याइने जानकारी दिनुभयो ।