२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनामा मन्त्री ज्वालाको कमजोरी देखिए आधा सेकेण्डभित्रमा राजीनामा गर्नुहुन्छ: सांसद चौधरी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो । उहाँले सो प्रतिवेदन सांसदहरुले पढ्न पाउनुपर्ने बताउनु भयो । उहाँले प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको कमजोरी देखिएमा मन्त्री ज्वालाले आधा सेकेण्डमा राजीनामा दिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो तुरुन्तै सार्वजनिक गर्नुस् । हामी सांसदहरुले पनि अध्ययन गर्न पाउँ । यदी प्रकाश ज्वालाको कमजोरी देखिन्छ भने एक सेकेण्ड, आधा सेकेण्डमा राजीनामा गर्नुहुन्छ । पार्टीमा यस विषयमा छलफल भएको छैन । कमजोरी देखियो भने उहाँले आधा सेकेण्डमा उहाँ राजीनामा दिनुहुन्छ । तर त्यसको लागि सरकारले त्यो सार्वजनिक गर्नुपर्‍यो नि त ।’

उहाँले मन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा पार्टीभित्र कुनै छलफल नभएको बताउनु भयो ।