३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भलिबल संघ र केल्मीबीच प्रायोजन सम्झौता



अ+ अ-

काठमाडौं । नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । 

संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौता पत्र अनुसार केल्मीले भलिबल टिमलाई दुई वर्षको लागि प्रायोजन गर्नेछ । 

सम्झौतासँगै केल्मीले संघलाई २ सय ५० वटा भलिबल उपलब्ध गराउने छ भने केल्मीले महिला र पुरुषका लागि २०÷२० सेट ट्रयाकसुट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ ।

प्रायोजन बापत राष्ट्रिय भलिबल टिमले अन्तराष्ट्रिय प्रतियोगितामा केल्मी अंकित जर्सी लगाउने छन् । केल्मी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक गरिरहेको छ ।