६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले इंग्ल्याण्डविरुद्धको राँची टेस्ट ५ विकेटले जित्यो, सिरिजमा कब्जा



अ+ अ-

एजेन्सी । राँची टेस्टमा भारतले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । सोमबार चौथो दिन भारतले ५ विकेट गुमाएर १९२ रनको लक्ष्य पुरा गरेको हो । यो जितसँगै भारतले सिरिजमा ३–१ को अग्रता लिएको छ अर्थात् पाँच खेलको सिरिज पनि जितेको छ ।

टम हार्टलीको बलमा ध्रुव जुरेलले दुई रन बनाएर भारतलाई जित दिलाए । भारतका लागि कप्तान रोहित शर्मा (५५) र शुभमन गिल (५२ नटआउट) ले दोस्रो इनिङ्समा अर्धशतक बनाए ।

उनीबाहेक ध्रुव जुरेलले अविजित ३९ रनको इनिङ्स खेले । गिल र जुरेलबीच अविजित ७२ रनको साझेदारी थियो । इंग्ल्याण्डका लागि शोएब बसिरले सर्वाधिक ३ विकेट लिए । टम हार्टले र जो रुटले १–१ विकेट लिए ।

भारतले चौथो दिन आफ्नो दोस्रो इनिङ्स ४०र० को स्कोरमा अघि बढाएको थियो । यसअघि तेस्रो दिनको तेस्रो सत्रमा इंग्लिस टोली दोस्रो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो ।

पहिलो इनिङ्समा इंग्ल्याण्डको ४६ रनको अग्रताका आधारमा भारतले १९२ रनको लक्ष्य पाएको थियो । पहिलो इनिङ्समा इंग्ल्याण्डको टोली ३५३ रनमा अलआउट भएको थियो भने भारतीय टोली ३ सय ७ रनमा अलआउट भएको थियो ।