१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा साधारणसभाको बन्द सत्रअघि विवाद, बहुमत केन्द्रीय सदस्यद्वारा बहिष्कार



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक साधारणसभा काठमाडौँमा जारी छ । यसैबीच, साधारणसभामा बन्द सत्र सुरू हुनुअघि विवाद भएको छ । एन्फा कार्यसमितिको २१ मध्ये ११ जनाले उद्घाटन सत्रमा समेत भाग लिएनन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन सत्रको औपचारिक सुरु गरेका थिए ।

कार्यसमितिबाट पास नभएको एजेन्डा साधारणसभामा पेश गर्दै अनुमोदन गर्न लागेको भएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय दीर्घबहादुर केसी र विराटजंग शाही, केन्द्रीय सदस्यहरु रमेश व्यन्जनकार, अनिल मल्ल, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी र रुपेश अधिकारीले बहिष्कार गरेका हुन्। उनीहरूले आइतबार एन्फामा अहसमति पत्र दर्ता गराएका थिए ।

यस्तै बी डिभिजनका १३ क्लबले पनि बन्दसत्र बहिष्कार गरेका छन् । एन्फाका पूर्व अध्यक्ष एवं ए डिभिजन क्लब हिमालय शेर्पाका‌ अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यसमितिका‌ बहुमत सदस्यको उपस्थिति नरहेको साधारण सभाको औचित्य नरहने भन्दै सभाबाट बाहिरका‌ थिए ।‌

अहिले साधारण सभाको‌ बन्द सत्र जारी छ ।