१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

प्रतिनिधिसभा शुन्य समयमा सांसदहरुले उठाए समासामयिक विषयमा सवाल

प्रतिनिधिसभा शुन्य समयमा सांसदहरुले उठाए समासामयिक विषयमा सवाल
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एक स्वरले सो घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाजि अझै कारबाही नगरिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रोश समेत व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतलाल राजवंशीले बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सो घटनामा दोषी करारहरुमाथि कडा कारबाही गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

सांसद राजवंशीले भन्नुभयो, ‘दुग्ध किसानहरुले आफ्नो दुधको पैसा करिव ६ अर्ब रुपैयाँ पाउन बाँकि छ । त्यो अविलम्ब सरकारले उनीहरुलाई उपलब्ध गराओस् । त्यसैगरी मिटरब्याजी र लघुवित्त पीडितहरुको समस्या सरकारले यथाशिघ्र सम्बोधन गरोेस् भन्ने म चाहन्छु । बालकुमारी घटनाको रिपोर्ट आएको एक हप्ता भईसक्यो । त्यो तुरुन्त सार्वजनिक होस् । र दोषीमाथि कडा भन्दा कडा कारबाही गरियोस् ।’

यता, सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले सबैभन्दा ठूलो भष्टाचार काण्डको रुपमा रहेको एनसेल छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुध किसानहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद केसीले भन्नुभयो, ‘नेपालको इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रुपमा चर्चित रहेको एनसेल छानविन समितिको प्रतिवेदन प्रश्तुत भइसकेको छ । यो प्रतिवेदनलाई केवल पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता नेपाली जनताले थाहा पाउनुपर्छ । यो खर्बौंको भ्रष्टाचार काण्ड यथार्थमा जे हो, त्यो संसदमार्फत जनतामा पुग्नुपर्दछ । र, संसदले सामुहिक रुपबाट त्यसको बारेमा छलफल गर्नुपर्छ भन्ने मेरो जोडदार माग छ । मिटरब्याज पीडित र दुध किसानहरुको समस्या समाधान गर्न सरकार तुरुन्तै लागोस् ।’

अर्का सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) अम्मरबहादुर थापाले पनि दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विकास आयोजनाहरुका लागि भुक्तानी रोक्ने काम गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।

सांसद थापाले भन्नुभयो, ‘विगतमा कामहरु अधुरा छन । सरकारले भुक्तानी दिन सकिरहेका छैन । र तत्काल लापरबाही गर्नेहरुलाई कारबाही गर्ने र कामको पैसा भुक्तानी गर्ने काम सरकारले गर्नुपर्छ । र, अर्को कुरा अहिले लघु वित्त र मिटरब्याज पीडितहरुको समस्या छ । उनीहरुको माग पूरा गर्नुपर्छ । गरिव जनताको निमित्त सरकारले काम गर्नुपर्छ ।’

सांसदहरुले जनताको पैसा हिनामिना गर्ने सहकारीमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताएका छन् । काँग्रेस सांसद अम्बिका बस्नेतले सहकारी पीडितहरुलाई न्याय दिन पनि दोषी सहकारीमाथि कडा कारबाही गर्न सरकारलाई सचेत गराउनुभएको हो । उहाँले मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो । सांसद बस्नेतले भन्नुभयो, ‘सहकारीहरुले जनता पीडित भएका छन् । जुनजुन सहकारीले बदमासी गरेका छन् । ती सहकारीहरुलाई सरकारले कडा भन्दा कडा सजाय गरोस भन्ने माग गर्दछु । आज किसानहरुले दुधको भुक्तानी नपाएर पीडित भएका छन् । उनीहरुको भुक्तानी पनि सरकारले तुरुन्त गरोस् । मिटरब्याज पीडितहरु फेरि हजारौं किलोमिटर यात्रा पार गरेर काठमाडौं आइ पुगेका छन् । उनीहरुको माग तुरुन्त पूरा गरोस् ।’

सांसद बस्नेतले दुध किसानहरुको भुक्तानी दिने काममा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।