२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित



अ+ अ-

मिलान । सोमबार इटालीको सिरी ‘ए’ मा पुछारको क्रोटोनलाई युभेन्टसले ३–० ले हराएको छ । क्रिस्टियानो रोनाल्डोले हेडबाट गरेको दुई गोलमा युभेन्टसले जित निकालेको हो । जितपछि युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी आठ अंकमा कायम राख्यो ।

यस्तै टिम अंकतालिकाको तेस्रो स्थानमा पनि उक्लिन सफल भएको छ । युभेन्टसका लागि तेस्रो गोल वेस्टन म्याककेनीले गरे । रोनाल्डो यो सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा पनि पुगेका छन् ।

उनले १८ गोल गरेका छन् । यससँगै उनले इन्टरका रोमेलु लुकाकुलाई उछिनेका छन् । इन्टर ५३ अंकसहित शीर्ष स्थानमा छ । युभेन्टसको ४५ अंक भएको छ । क्रोटोन १२ अंकसाथ अन्तिम स्थानमा छ ।