२ पुष २०८२, बुधबार
,
Latest
कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टियन बेनटेकले अन्तिम क्षणमा गरेको गोलमा प्यालेसको जित



अ+ अ-

लन्डन । इङ्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ ले पराजित गरेको छ । क्रिस्टियन बेनटेकले खेल सकिनु केही अगाडि मात्र गरेको गोलमा क्रिस्टल प्यालेसले जित आफ्नो तर्फ पार्न सफल रहेको हो । घरेलु मैदानमा अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेर पनि ब्राइटन पराजित भएको हो ।

जियान फिलिपको गोलमा प्यालेसले अग्रता लिएपछि ब्राइटनका लागि जोएल भाल्टमनले बराबरी गोल फर्काए ।

तर बेनटेकले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे । यो जितपछि प्यालेस ३२ अंकसहित १३औं स्थानमा उक्लेको छ । ब्राइटन भने २६ अंकसाथ १६औं स्थानमा छ ।