• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

‘आर्टिकल ३७०’ ले दोस्रो दिन ९.८ करोड कमायो



एजेन्सी । यामी गौतम अभिनित फिल्म ‘आर्टिकल ३७०’ ले रिलिजको दोस्रो दिन सकारात्मक ‘वर्ड अफ माउथ पब्लिसिटी’को ठूलो फाइदा उठाएको छ । पहिलो दिन ६ करोड १२ लाखको व्यापार गरेको यो फिल्मले दोस्रो दिन ९ करोड ८ लाख रुपैयाँ कमाएको छ ।

योसँगै यो फिल्मको कुल कलेक्सन १५ करोड २० लाख पुगेको छ ।

यामी अभिनित फिल्म ‘आर्टिकल ३७०’ यो वर्ष रिलिज हुने महिला केन्द्रित फिल्मका लागि बेन्चमार्क साबित भएको छ । ओपनिङ दिनमा ६ करोड १२ लाखको व्यापार गरेको थियो ।

चलचित्रले यो कलेक्सन सिनेमा प्रेमी दिवसमा गरेको थियो जब टिकटको मूल्य मात्र ९९ रुपैयाँ थियो । आगामी दिनमा यो चलचित्रले धेरै कमाईको रेकर्ड तोड्नेमा व्यवसायीहरु आशावादी छन् ।